विदेशमा कमाएको पैसा विलासितामा खर्च हुँदैछ, उत्पादनको क्षेत्रमा लगानी गरौं- मन्त्री कुँवर


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनमा क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

चन्द्रलोक प्रतिष्ठानद्धारा शुक्रबार आयोजित ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय बिषयक अन्तरक्रिया एंव् बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुख गरी कमाएको पैसा स्वदेशमा विलासिताका सामान किन्नमा खर्च भैरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताएका हुन् । उनले विदेशी पुँजी र सिपलाइ देश निर्माणमा लगाउन सबैमा आग्रह समेत गरे।

‘नेपालीहरुले दुख गरी विदेशमा पैसा कमाउनु हुन्छ तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ’, मन्त्री कुँवरले बताए ।

नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नमा उनले जोड दिए। कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानुनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफुले परराष्ट्र मन्त्रालयसंग आवश्यक छलफल गरिरहेका समेत जानकारी दिए ।

वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफै सचेत हुनुपर्ने मन्त्री कुँवरको भनाई छ। विदेश जाँदा सबै जानकारी लिएर मात्रै जान उनले आग्रह पनि गरे । रोजगारिका लागि विदेश पठाईदिन्छु भन्दै विभिन्न वाहानामा ठगि गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कार्यवाही गरिरहेको समेत उनले बताए ।

यो पनि पढौं

श्रममन्त्री कुँवरको निर्देशनमा विदेशका अस्पतालमा उपचाररत श्रमिकलाई सघाउन कार्यदल गठन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार