मन्त्रीलाई लाइनमा लगाउँदा थुनिएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसमा सेवाग्राहीको लाइनमा लगाउँदा उनि हिजो प्रहरी थुनामा परेका थिए ।

गार्डलाई थुन्नु गलत भएको भन्दै सामाजिकसंजालमा विरोध भएपछि गृहमन्त्री खाँणले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हन् ।

मन्त्री श्रेष्ठ क्यानडा भिसाको प्रकृयाका लागि भीएफएस पुग्दा उनलाई गार्डले सेवाग्राहीको लाइनमा बस्न भनेका थिए । त्यसक्रममा विवाद उत्पन्न भएपछि प्रहरीले सुरक्षा गार्ड गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो । जसबारे सामाजिकसंजालमा मन्त्रीको आलोचना भइरहेको छ । सुरक्षा गार्ड गुरुङले आफ्नो कतब्र्य निर्वाह गर्दा उल्टै प्रहरीले थुन्नु गलत भएको भन्दै उनको रिहा गर्नुपर्ने माग भइरहेको छ । तर, मन्त्री श्रेष्ठले सुरक्षा गार्डले नै गलत ब्यवहार देखाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार