
काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि प्रगतिशील प्यानल घोषणा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजान गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरुले डा. इश्वर जिसी नेतृत्वको प्रगतिशील संयुक्त प्यानल घोषणा गरेका हुन् ।
संघको निर्वाचनमा अध्यक्ष पदक लागि माओवादीबाट जिसी र महासचिव पदमा नेकपा एसबाट अधिवक्ता मधुरकर रिजालको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै प्रगतिशील प्यानलबाट संघको प्रथम उपाध्यक्ष पदमा धनलाल जैशी, द्वितीय उपाध्यक्षमा बाबुराम खड्का र तृतीय उपाध्यक्षमा अनिल बोगटीको उम्मेदवारी छ ।

त्यस्तै संघको सचिवमा टक्कर बहादुर पार्खिन, कोषाध्यक्षमा केदारनाथ अधिकारीको उम्मेदवारी छ। प्रगतिशील प्यानलबाट सदस्यहरूमा प्रेम बहादुर गिरी, देविमाया थापा, एक नारायण काफ्ले, फिरोज खान, कामेश्व शाह (राहुल), सरोज कुशवाह, गणेश कुँवर, सन्दिप पुडासैनी, हरिबहादुर गिरि र शिवबहादुर कुँवर रहेको उम्मेदवारी हेको छ। कार्यक्रममा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रमुख अतिथि थिए भने नेकपा एसका नेता प्रकास ज्वाला विशेष अतिथि थिए ।
यही माघ ६ गते हुने निर्वाचनमा ८८० मेनपावर व्यवसायीहरु सहभागि हुनेछन् । प्रगतिशील प्यानलले १६ बुँदे प्रतिवद्धता प समेत सार्वजनिक गरेको छ ।
“देश विकासको आधार– सम्मानित बैदेशिक रोजगार” भन्ने नाराका साथ जारी गरिएको प्रतिवद्धता पत्रका १६ बुँदाहरु यसप्रकार छन्ः
१) निर्वाचीत भएको तीन महिना भित्र नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको भवन निर्माण गर्न शुरु गरीने छ ।
२) बैदेशिक रोजगार ऐन २०६४ मा भएको प्रावधान अनुसार लगातार २ वर्ष भित्र वार्षिक १०० संख्या कामदार नपठाएमा लाइसन खारेज गरिने र ब्यवसायीले लिन पाउने सेवा शुल्कमा १ महिनाको तलब बराबर हुने गरि कानुन संशोधन गर्न सरकार संग पहल गरिने छ ।
३) सबै प्रकारको बैदेशिक रोजगार ब्यवसायको सिन्डिकेटहरुको अन्त्य गर्ने ।
४) बैदेशिक रोजगार कसुर फौजदारी कानुन अन्र्तगत नभई देवानी तथा बाणिज्य कानुन अन्तरगत फस्र्यौट गराउन पहल गरीने छ ।
५) बैदेशिक रोजगारमा आउने उजुरीहरु संघको कार्यलयमा ल्याई मध्यस्तता गर्ने ब्यवस्था मिलाईने छ ।
६) वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उद्धेश्य अनुरुप ब्यवसाय प्रवद्र्धनमा समेत उपयोग गर्न र भविष्यमा आई पर्ने कोभिड जस्ता अर्थिक संकट कालमा यस ब्यवसायीले जम्मा गरेको धरौटी रकम बाट पछि भुत्तानी गर्ने गरी उपयोग गर्न पाउने ब्यवस्था मिलाईने छ ।
७) मागपत्र प्रमाणिकरण सम्वन्धी समस्या समाधान गर्न बिदेशमा रहेका कुटनितीक नियोग तथा दुताबासमा सहजिकरणको लागि पहल गरिने छ ।
८) पुर्व स्विकृती सम्वन्धी दफा १५ देखी १९ सम्मको ब्यवस्था खारेज गरी रोजगार संझौता अनुसार अन्तिम स्विकृति लिन ब्यवस्थाका निम्ती वै. रो. ऐन संशोधन गर्न पहल गरिने छ ।
९) घरेलु श्रमीकहरु लाई सुरक्षीत रुपमा वैदेशिक रोजगारमा जानको लागि सिपमुलक तालिमको ब्यवस्था गरी वातावरण तयार गरिनेछ ।
१०) FEIMS मा देखिएका समस्या समाधान गरी झन्झटिलो प्रकृया अन्त्य गरिने छ ।
११) धरौटी वृद्धि भई सकेको अवस्थामा पनि छुट्टाछुट्टै इजाजतपत्र लिनु पर्ने व्यवस्था अन्त्य गर्न पहल गरिने छ ।
१२) मासिक शुल्क तथा सदश्यता नविकरण लगाएतका सहजिकरणको लागि कार्यलयमा नै कर्मचारी खटाउने वा अनलाईन मार्फत नै भुत्तानी गर्ने ब्यवस्था मिलाइने छ ।
१३) श्रम गन्तब्य मुलुकहरु सँग समन्वय गरि बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षा तथा अन्य सेवा सुविधाको ग्यारेन्टी गर्न पहल गर्ने ।
१४) खुला भएका सवै गन्तब्य मुलुकहरु संग श्रम सम्झौता गर्ने तथा न्युनतम पारिश्रमिक तोक्न लगाउन पहल गर्ने ।
१५) वै रो विभागमा ब्यवसायी स्वयं उपश्थित हुन नपर्ने प्रतिनिधी मार्फत प्रतिनिधीत्व गर्न पाउने ब्यवस्था गरिने छ ।
१६) वै रो. ब्यवसायलाई सम्मानित सेवा उद्योगमा स्थापित गर्ने । ब्यवसायीको भलाई कोष र विमाको ब्यवस्था गरिने छ ।










