म्यानपावर ब्यवसायीले अब उद्योग पनि खोल्नुस– पूर्वअर्थमन्त्री शर्मा


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वैदेशिक रोगजार व्यवसायीहरुलाई उद्योग खोलेर रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । यहि पुस ६ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा। ईश्वर जिसीको नेतृत्वमा प्रगतिशील प्यानलको घोषणा सभामा बोल्दै नेता शर्माले वैदेशिक रोगजार व्यवसायीहरुलाई उद्योग खोलेर पनि रोजगारी सिर्जना गर्न आग्रह गरेका हुने ।

‘अब तपाईहरुले विदेश मान्छे पठाउने कामसंगै स्वदेशमा उद्योग खोल्नेतर्फ पनि लाग्नुस । तपाईसंग ठुलो जनशक्ती छ । वैदेशिक रोजगारी देशको बाध्यता भएकाले मान्छेहरु विदेश पठाउने मात्रै नभई अब म्यानपावरहरुले उद्योग पनि खोल्नुहाोस र देशमा रोजगारी सिर्जना गर्नुस’, नेता शर्माले भने ।

उनले देशको अर्थतन्त्रमा वैदशिक रोजगारीले ठुलो योगदान गरिरहेको समेत बताए । देशको १६ खर्ब बजे बजेटमा १० खर्ब रेमिटेयान्सको योगदान रहेको नेता शर्माले बताए ।

उनले वैदेशिक रोजगार व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने पनि बताए। उनले जिसी नेतृत्वको प्रगतिशील टिम सशक्त भएकाले चुनाव जित्ने पनि दावी गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार