
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको । आज नेपाली बजारका सुनको मुल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर एतिहासिक रेर्कड कायम भएको हो । तोलामा तोलामा १ हजार २ सय रुपैयाँ बढेर बढ्दै नयां मुल्यले एतिहासिक रेर्कड कायम गरेको नेपाल सुनचांदी ब्यवसायी महासंघले जनाएको छ । संघकाअनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १ हजार २ सय रुपैयाँ बढ्दै तोलाको १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










