स्वास्थ्यमा ८३ अर्ब र शिक्षामा १ खर्ब बढी बजेट विनियोजित


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए ।

त्यस्तै शिक्षा मन्त्रालयका लागि भने १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित गरिएको छ । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार