
काठमाडौंं । वर्षौ देखि काठमाडौंका भित्री बस्तीमा बसोबास गर्दै आइरहेका रैथाने स्थानीयले सोमबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । आफुहरु वर्षौ देखि बसोबास गर्दै आइरहेको ठाउँलाई स्ववासी दर्ता खुल्ला माग गर्दै माइतघरमा धर्ना दिएका हुन् ।
उनीहरु अहिले बसीरहेको ठाउँ राणाकालसम्म तिरु तिरेर अड्डा पास भएको र पछि नापी गर्दा छुटेर अहिलेसम्म पनि लालपुर्जा नपाएकाले स्ववासी दर्ता खुल्ला गरी जग्गाको लालपुर्जा पाउनुपर्ने माग रोखका छन् ।
सरकारले स्ववासीको समाधानका लागि काम गर्ने घोषणा गरेको भएपनि अहिलेसम्म आफ्ना समस्याका विषयमा स्थानीय सरकारले चासो नदेखाएको भन्दै उनीहरुले आन्दोलन गरेका छन् ।
हाल काठमाडौंका असन, मरुढोका, इनाटोल लगायतका भित्री शहरहरुमा स्ववासीका सयौं बस्तीहरु रहेको स्थानीय समाजसेवी प्रतिक खड्गीले जानकारी दिएका छन् ।
स्थानीयले आफ्नो समस्या छिटो भन्दा छिटो समाधान गर्नु पर्ने माग राखेका छन्। यदि समस्या समाधान भएन भने फेरि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।













