बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु, २६ जना बेपत्ता


काठमाडौं। केहि दिन यता पुर्वी नेपालका आएको अबिरल बर्षपछि आएको बाढी र पहिरोमा पनि चार दिनमा कारण १० जनाको मृत्यु भएको छ। आस प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

उनकाअनुसार पूर्वी नेपालका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लाहरुमा बाढी र पहिरोमा हालसम्म ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएका छन्।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिइने समेत जानकारी दिएका छन् । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार