
रूकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् । उनले १ हजार ४९९ को फराकिलो मतान्तरले विजय हासिल गरेकी छन्।
बुढाले ३ हजार ६२७ मत पाएकी छन् भने बुढाकी प्रतिस्पर्धी सत्ताधारी काँग्रेस–एमालेसहित ७ दलिय गठबन्धनकी साझा उम्मेदवार एमालेकी केशकुमारी तुलाचनले २ हजार १२८ मत पाइन् । उनले एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर बुढासंग चुनावी प्रतिस्पर्धा गरेकी थिइन् ।
सो क्षेत्रमा कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेकोथियो । जसमा १ सय ७६ मत बदर भएको छ ।
गत भदौ २८ गते बागलुङमा जीप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ नं. का अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त रिक्त पदका लागि उपनिर्वाचन गरिएको थियो ।
वडाध्यक्ष पदमा भने मतदान अघि नै एमाले र एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन्।













