
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको झण्डै साढे २१ खर्बको बजेटको ठुलो असर सुन बजारमा परेको छ । जसकारण एकैदिन २० हजार बढिले सुनमा मुल्य बृद्धि भएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले बजेटमा सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर सुन बजारमा देखिएको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।












