प्रधानमन्त्री शाहले लिए भारतसंग पौने २ खर्ब ऋण

काठमाडौं । प्रधानमनत्री बालेन शाहले भारतसंग पौने २ खर्ब ऋण लिएका छन् ।
भारतले नेपाललाई दिने २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको खुलेको छ। भ्रमणपछि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको छ ।

यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका थिए।

भारतले विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा ९लाइन अफ क्रेडिट० उपलब्ध गराउने घोषणा गरेको छ।

यसअघि यस्तो ऋणको ब्याजदर अमेरिकी डलरमा तिर्नुपर्थ्यो। अब नेपालले भारतीय रुपैयाँमा उक्त कर्जाको ब्याज तिर्नु पर्नेछ । भारतीय पैिसामा व्याज तिर्दा केहि सस्तो पर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार