सडक दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल । सडक दुर्घटनामा परि रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा आगो लागेर दुई जनाको जलेर मृत्यु भएकाले सनाखत हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार