
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा आजका लागि पेशी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।
सभापति लामिछानेविरुद्धको मुद्दा यसअघि पनि न्यायाधीश सिन्हाले हेरेकाले अहिले फेरि हेर्न नमिल्ने बताइएको छ। अब सो मुद्दा अर्को कहिले सुनुवाइ हुने भन्नेबारे केहिबेरमा जानकारी दिइने रिटकर्ता सफलले अनमोलपोस्टलाई बताए ।
लमछिानेविरुद्ध हिजो रिट दर्ता भएको थियो भने आजका लागि पेशी तोकिएको थियो । लामिछानेले अमेरिकी नागरिक हुँदै नेपाली राहदानी लिएको भन्दै सिन्धुलीका युवराज सफलले सर्वोच्चमा आइतबार रिट निवेदन दिएका थिए । लामिछानेले राहदानी दुरुपयोग गरेकाले उनिमाथी मुद्दा चल्नुपर्ने मागसहित सफलले रिट दर्ता गराएका थिए ।
यसअघि प्रहरीले अनुसंन्धान गरेर मुद्धा चल्ने नचल्ने निर्णय गर्न फायल महान्यायाधिवक्ता कार्यालयलाई बुझाएको थियो । मुद्धाको अनुसंन्धान फायल अध्यन गरेपछि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्धा नचल्ने निर्णय गरेको थियो ।
तर, लामिछानेले राहदानी दुरुपयोग गरेको विभिन्न तथ्यहरु हुँदा हुँदै पनि मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै सफल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
सफलले नै लामिछानेको नागरिकता बिषयमा सर्वोच्चमा रिट दर्ता गरेपछि सर्वोच्चले पुनह नागरिकता लिनुपर्ने निर्णय गर्दै उनको संसद पद खारेज गरेको थियो । त्यसपछि सभापति लामिछाने निर्वाचित चितवन २ मा उपनिर्वाचनको मिति घोषणा भएको थियो ।
वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनमा लामिछानेले फेरि उम्मेदवारीदर्ता गराएका छन् ।
अहिले आफ्नो निर्वाचनमा घरदैलामा रहेका लामिछानेले आज बिहान मात्रै आफुमाथि जति मुद्धा परेपनि केहि फरक नपर्ने प्रतिकृया दिइका थिए । तर, कानुनका जानकारहरु लामिछानेले पुनह लिएको नागरिकताले उनि निर्वाचनमा उम्मेदवार हुन योग्य नरहेको बताइरहेका छन् ।
कानुन अनुसार पुनह नागरिकता लिएकाृे ब्यक्तिले तीन महिनापछि मात्रै राजनीतिक अधिकार पाउने ब्यवस्था रहेकाले लामिछानेले पुनह नागरिकता लिएको मितिले वैशाख १० गते तीन महिना नपुग्ने बताइरहेका छन् ।
यो पनि पढौं
रविले भनेः ‘आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन’












