टेबलमा उभिएर सलामी थाप्दा यसरी बदनाम हुन्छु भनेर सोचेकै थिइन : मेयर पर्शुराम

काठमाडौं । सामाजिक सञ्जालमा स्थानीय तहका जनप्रतिनिधिले सलामी दिएको तस्विर भाइरल बनेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले टेवलमाथि उभिएर सलामी दिएको फोटोसँगै ‘ट्रोल’ बनाएर भाइरल गरिएको हाे ।

मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएका थिए । तर सामाजिक सञ्जालमा बाँसको टुप्पो, विमान, पिर्का लगाएतमा उभिएर सलामी लिएको तस्वीर बनाएर ट्रोल बनाइएको छ ।

वास्तविक यो होइन् । यस्ता फोटा देखेपछि मेयर नेपाल आफै चकित परेका छन् । उनले आफुले टेवलमाथि उभिएर सलामी दिदीं यतिसम्म यतिसम्म बदनाम गरिन्छ  भनेर नसोचेको बताएका छन् । उनले, खेलाडीको सम्मानका लागि यसरी सलामी दिएको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार