काठमाडौं । पत्रकार सुजाता खत्रीले नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी छन् । विगत चार वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध खत्रीले राम साइला बोलको गीतबाट डेब्यू गरेर संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनको पहिलो डेब्यूगीत राम साइला मंगलबारबाट युट्यूबमा सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द बीपी थापाले रचना गरेका छन् भने गीतको कम्पोज मनोज चौलागाईंले गरेका छन्।
उनको गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका छन्।









