काडमाठौं । नेपालको टी-२० विश्वकप खेल्ने सपना यस पटक अधुरै रह्यो ।
आइतबार सिंगापुरसँग भएको खेलमा नेपालले लज्जापद हार व्यहोरेसंगै टी -२० विश्वकप खेल्ने सपना अधुरै रहेको हो।
सिँगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल आईसिसि ट्वान्टी ट्वान्टी वल्र्डकप ग्लोबल क्वालिफायर्सको खेलबाट बाहिरिएको छ ।
लगातार तीन ग्लोबल क्वालिफायर्समा सहभागिता जनाएको नेपाल ७ बर्षमा पहिलो पटक असफल भयो ।
नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको सिंगापुर विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल भयो ।
जितका लागि १९२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १५ ओभरमा अलआउट हुंदै १०९ रन मात्र बनायो ।
कसले कति रन बनाए ?
आजको खेलमा नेपालले खासै राम्रो प्रर्दशन गर्न सकेन । कप्तान पारस खड्काले व्यक्तिगत १२ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ बलमा ३९ रन बना आउट भए। रन स्कोर नै बढाउन नपाउदै नेपालका ब्याट्सम्यानहरु आउट हुँदै गए ।
खेलमा निकै दबाव झेलेको नेपाली टोलीका आस लाग्दा खेलाडी पनि चल्न सकेनन् । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको जोडीमाथी आस गरिए पनि अन्तिममा आएर उनको जोडिले खास प्रर्दशन गर्न सकेन ।
दुबैले ३१ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । खेल ट्रयाकमा आउनै लाग्दा आस लाग्दा खेलाडी सोमपाल कामी रनआउट हुन पुगे । नेपाली टिमका लागि यो अर्को झट्का थियो । यसरि सबै खेलाडी आउट भएपछि नेपाल निरास हुन पुग्यो ।
प्रतियोगिताको प्र्रबल दाबेदारका रुपमा हेरिएको नेपाललाई स्तब्ध बनाउदै सिँगापुरले अब युएईमा अक्टोबर र नोभेम्बरमा हुने ग्लोबल क्वालिफायर्समा सहभागिता जनाउने सुवर्ण मौका पायो ।
ग्लोबल क्वालिफायर्सबाट कुल ६ टिम अर्को बर्ष अष्ट्रेलियामा हुने ट्वान्टी ट्वान्टी बिश्वकपका लागि छनोट हुनेछन् ।










