सिंहदरबारको हिरासतबाट थुनुवा फरार

काठमाडौं । प्रहरीको हिरासतमा रहेका दुई जना फरार भएका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुईजना भागेका हुन ।

उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर थुनुवा राखेको थियो ।
शनिबार विहान झ्यालको डन्डी काटेर ति थुनुवाहरु भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।
थुनुवा कक्षबाट ४ जना भागेपनि प्रहरीले दुईजनालाई समात्न सफल भएको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार