रविको समर्थकलाई संवोधन, ‘नेपाली झण्डामुनी नै बसेर जनताका दुख पीडा बोलिरहने छु,


चितवन । संचारकर्मी रवि लामिछानेले नेपाली झण्डामुनी नै रहेर जनताहरुका दुख, पीडा बोलिरहने बताएका छन् ।
मंलबार दिउँसो चितवनको नारायणी नदि किनारमा आयोजना गरिएको धन्यवाद सभालाई संवोधन गर्दै उनले आफ्ना समर्थकहरुलाई साथ, सहयोगका लागि धन्यवाद दिएका छन् ।

उनले आगामी दिनमा पनि आफुले संचालन गर्दै आएको न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासंगमा अझै बलियो भएर आवाजविहिन जनताहरुका पीडा समस्या बोलिरहने बताए ।

आफुलाई कुनै राजनितीक दलको झण्डामुनी नराखी सदैव नेपाली झण्डामुनी रहेर जनताका आवाजहरु बोलिरहने प्रतिवद्धता समेत उनले गरे ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि सोमबार साँझ मात्रै चितवन जिल्ला अदालतबाट ५ लाख धरौटीमा रिहा भएका थिए ।

पत्रकार पुडासैनीको घटनामा आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले उनिसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता काकीमाथी मुदा चलाएको थियो । रविसंगै युवराज ३ लाख धरौटीमा छुटेका हुन भने अस्मिता शुद्ध तारेखमा छुटेकी हुन ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार