
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा मुछिएका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई थुनामै राखी अनुसंन्धान गर्नुपर्ने भन्दै उच्च अदालतमा परेको निवेदनमाथि विहीबार मात्र सुनवाइ हुने भएको छ ।
सरकारी वकिलको कार्यालय चितवनले आरोपीतहरुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत हेटौँडामा सोमबार निवेदन दिएका थिए । जसउपर आज (मंगलबार) सुनाई हुने भनिएको थियो । कारणबस निवेदनउपर विहीबार मात्रै सुनुवाई हुने बताइएको छ ।
आरोपीत रवि लगायत तीनैजना दश दिन प्रहरी हिरासतमा बसेर भाद्र ९ गते जिल्ला अदालतको आदेशमा रिहा भएका थिए । घटनाका आरोपित रवि ५ र उनका सहकर्मी युवराज कँडेल ३ लाख धरौटीमा रिहा भएका थिए भने अर्की आरोपित अस्मिता कार्की शुद्ध तारेखमा रिहा भएकी थिइन । उनिहरुको पहिलो तारेख असोज ५ गते छ ।
पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लगायत तीनैजनामाथी प्रहरीले आत्महत्या दुरुत्साहन कसुर अनुसार ५ वर्ष कैद र ५० हजार जरिवान माग गर्दै जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।
यो पनि हेर्नुहोस








