रोनाल्डोको चमत्कारी खेलमा पोर्चुगलको जित

काठमाडौं । पोर्चुगलले युरो कप छनोट फुटबलमा क्रिष्टियानो रोनाल्डोको चमत्कारी खेलमा पोर्चुगलको जित हात पारेको छ ।
गएराती भएको खेलमा रोनाल्डोको चार गोलको योगदानमा पार्चुगलले लिथुनियालाई सजिलै पराजित गरेको हो ।

पोर्चुगलका कप्तान रहेका रोनाल्डोले गरेको चार गोलमा विलियन कार्भाल्होले एक गोल गरेसंगै लिथुनिया ५–१ले पराजित भएको थियो । लिथुनियाका लागि भने आन्द्रेयुस केविसियसले गोल गरेका थिए । खेलको पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा भने गोलको बर्षा गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार