सुरेश र पुष्पाको ‘मान्छे चिन्ने हो’ सार्वजनिक


काठमाडौ । लोकपृय कलाकार सुरेश शाही र पुष्पा बोहराको आवाजमा सजिएको “मान्छे चिन्ने हो” बोलको गीत सार्वजनिक भएको छ । गायक संगीतकार सुरेश शाहीले नै गीतको शब्द र संगीत संयोजन गरेका हुन ।

गीतको रेकर्डिङ सुमन रानाले गरेका हुन भने कुमार राणाको मिक्सिङ रहेको छ । गीतको भिडियो निर्देशन तथा सम्पादन चर्चित निर्देशक तथा भिडियो सम्पादक बिरेन्द्र भाट बिपिनले गरेका हुन । सुन्दर ढंगले प्रस्तुत गरिएको गीतमा कलाकार याङ्शु श्रेष्ठ र सुरज थापाको आकर्षक अभिनय छ ।

गीतमा नृत्य निर्देशन बिक्रम चौहानको छ भने भिडियो छायांकन राम सिंह भाट र ड्रोन सन्तोष सिंह महराले खिचेका हुन ।

भिडियोलाई वर्ल्ड कभर मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार