सत्ता पक्ष नेकपाको चियापान आज, एक लाखलाई निम्तो


काठमाडौं । सत्तामा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम सर्वसाधारण र ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक लाख जनालाई निम्तो बाँडिएको छ । यस्ता कार्यक्रमले नेपालीबीच आपसी सदभाव, एकता र मेलमिलापलाई अझ मजबुत बनाउने नेकपाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार