धरान । धरान उपमहानगरपालिकाको मेयरका लागिमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई बिजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएर बिजयी भएका हुन्।
तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्।
कांग्रेसले यसलाई ऐतिहासिक जितका रुपमा घोषणा गरिसकेको छ । २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।









