
काठमाडौं । ‘जलपरी’ उपमा पाएकी स्युमिङ खेलाडी गौरीका सिंहलाई सरकारले ५६ लाख नगद पुरस्कार दिने भएको छ । बुधबार प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा सबैभन्दा बढि पदक जितेकी गौरीकाले सो रकम पाउन लागेकी हुन ।
उनले सागका नेपालका लागि सर्वाधिक ४ स्वर्ण जितेकी थिइन । प्रधानमन्त्रीको घोषणा अनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरेसंगै ४ स्वर्ण विजेता गौरिकाले ४४ लाख पाउने छिन् ।
प्रतियोगितामा गौरीकाले २ रजत जितेकी थिइन । सरकारको पुरस्कार घोषणा अनुसार रजत जित्ने खेलाडीलाई जनही ६ लाख दिइनेछ । २ रजत पनि जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन्। यसरि स्वर्ण पदकको ४४ लाख र रजत पदकको १२ लाख गरी ५६ लाख सुरस्कार पाउनेछिन् ।

व्यक्तिगत तर्फ कांस्य जित्नेलाई सरकारले ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने भन्ने नखुलाएकाले यदि त्यसमा पनि पुरस्कार दिएमा गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ।
यो पनि पढुनुहोस
सागमा पदक जित्ने खेलाडीबारे सरकारको घोषणा : स्वर्ण जित्नेलाई ९ , रजत ६ र कास्यलाई ३ लाख पुरस्कार










