हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले सहयोग गर्नुपर्ने


काठमाडौं । महिला हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले महिलालाई सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

मंगलबार सिविन नेपाल र मेन इङ्गेज एलाइन्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।

पुरुषले खाना पकाउने, तरकारी काट्ने, लुगा धुने जस्ता काममा महिलालाई सहयोग गरेर मात्रै हिंसा न्युनिकरण नहुने उनिहरुको भनाई छ ।

हिंसा न्युनिकरण र अधिकारका बारेमा पुरुषले सहयोग र वकालत गरे मात्रै महिला अगाडी बढ्नमा सहयोग पुग्नेमा उनिहरुको जोड थियो ।

वर्षौदेखि सामाजिक मूल्य मान्यता र सोंचका कारण पछाडि पारिएका महिलालाई अगाडी बढाउनका लागि पुरुषको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा औल्याइएको थियो ।

कार्यक्रममा सिविन नेपालकी कार्यक्रम संयोजक निरिजना भट्टले लैंगिक समानता एवम् सामाजिक समावेशिकरणका लागि पुरुष सहभागिताबारे यस अघि ६ वटा प्रदेशमा संचालन भएका छलफलबारे सुझाव र अनुभवहरु प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा मेन इङ्गेज एलाइन्सकी जया लुुइटेलले लैंगिक समानताको अवधारणासहितको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्र प्रस्तुत गर्दै उनले महिला हिसां न्यूनिकरणमा पुरुषको सहभागितालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन।

लैंगिक समानता हासिल गर्न पुरुष एवम् यूवाहरुको भूमिका र सहभागिता प्रवद्र्धन गर्ने उदेश्यले मेन इंङ्गेज एलाइन्सले सन् २००७ देखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

यो अभियानलाई अझै प्रभावकारी बनाउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा बालबालिका उपर हुने हिसां अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५ जारी गरेको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि, महिला आयोगका प्रतिनिधि, नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार