काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।शनिबार काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
आफ्नो ६९ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
‘विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु ।
पुस्तकमा मुख्यगरी प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा विभिन्न समयमा गरेका सम्बोधनहरु समावेश छन् । २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।
विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली लगायत विशिष्ठ ब्यक्तिहरुको उपस्थित थियो ।