
बाजुरा । बाजुराको बाल स्याहार गृहमा रहेका बालबालिकाले सहयोग पाएका छन् । सुखी नेपाल र कन्सर्न बाजुराको साझेदारीमा संचालित बालबालिकाका लागि शिक्षा सहयोग अन्र्तरगत पहिलो चरणमा बाल गृहमा रहेका १३ जना बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
Project222.org को आर्थिक सहयोगमा सुखी नेपालले बुढीगंगा नगरपालिकास्थित कन्सर्न बाजुराद्धारा संचालित बाल गृहमा अनाथ तथा टुहुरा बालबालिकालाई पच्चिस हजार बराबरको खाद्यन्न र शैक्षिक साम्रगी सहयोग गरेको सुखी नेपालका अध्यक्ष भिम बहादुर खड्काले जानकारी दिए ।
पहिलो चरणमा सहयोग थौरै भएपनि बालिबालिकाहरुको खाद्यन्नको समस्यालाई केही हदसम्म राहत पुगेको अध्यक्ष खड्काले बताए ।
बाल गृहमा रहेका बालबालकालाई सहयोग गर्ने संस्थाहरुलाई कन्सर्न बाजुराले आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राख्दै धन्यबाद दिएको छ ।
सुखी नेपाल नामक संस्था २०७६ सालमा काठमाडौंमा दर्ता भई मानव जिवनका आधारभुत आवश्यकताहरु खाना, पानी, आवास, शिक्षा, स्थास्थ्य, जीविकोपार्जन र सुशासनका लागि पैरवी गर्दै आईरहेको अध्यक्ष खड्काले जानकारी दिए ।
Project222.org नामक संस्था अमेरीकामा दर्ता भई मानवका आधारभुत अधिकारका लागि घाना, नेपाल लगायत विभिन्न देशहरुमा सन २०१८ देखी पैरवी गर्दै आएको छ ।
आगामी दिनमा नेपालका विकट र पिछडिएका क्षेत्रमा रहेका निम्नबर्गिय समुदायमा दुबै संस्थाहरुले सहकार्यगरी कार्यगर्ने योजना समेत रहेको अध्यक्ष खड्काले बताए ।











