
काठमाडौं । कोरोना भाइरसले यति बेला विश्व आक्रान्त छ । माहामारीकै रुपमा फैलिएको कोरोनाका कारण विश्वमा हजारौं मानिसले ज्यान गुमाई सकेका छन् भने लाखौं यसबाट संक्रमित छन् ।
डिसेम्बरमा चिनको वुहानमा देखा परेको यो भाइरस अहिले विश्वभर फैलिएको छ । यसले छोटो समयमा विश्वका शक्तिशाली राष्ट्रलाई चुनौती दिदैं निरथक सावित गर्दैछ । उनिहरुलाई कोरोना विरुद्धको लडाईमा हम्मे हम्मे परेको छ ।
विश्वशक्ति राष्ट्र अमेरिकामै कोरोनाले हजारौंको ज्यान लिइसकेपछि यसले थप चुनौती थपेको छ ।
विश्व स्वास्थ्य संगठनको अप्डेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५३ हजार २ सय ४२ जनाको मृत्यु भइसकेको छ भने १० लाख १६ हजार ६ सय ९३ जना संक्रमित भएका छन् ।
कोरोनाका कारण सबै भन्दा बढी अमेरिकामा संक्रमित रहेका छन् भने धेरै मृत्यु हुनेमा इटाली रहेको छ । पछिल्लो समय अमेरिका कोरोना भाइरसको केन्द्रविन्दु बनेपछि संक्रमितको विश्व तथ्याकंले नयाँ बिन्दु पार गरेको हो।
पछिल्ला सातामा अमेरिकामा संक्रमितको संख्या दोब्बर हुँदै गएपछि छोटो समयमै संक्रमितको संख्या १० लाख बढी भएको हो। अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटाली र स्पेनमा भेटिएका छन्।
कहिले साम्य होला कोरोना कहर ?
बितेका दुई /तीन महिनादेखि विश्व जगत कोरोनाबाट आजित छ । यसबाट विश्वमा प्रत्येक दिन सयौंको संख्यामा मान्छेको ज्यान गइरहेको छ । लाखौं यसबाट संक्रमित छन् । विश्वको अर्थतन्त्र तहसनहस भइसकेको छ ।
गरिब मुलुकहरुमा जिविकोपार्जनबारे गम्भिर समस्याहरु खडा हुन थालिसकेका छन । करोडौं मानिसका रोजगारी गुमेका छन् । मानव जगत नै इतिहासको कठिन घडिमा उभिएको छ ।
कोरोनाले विश्वमा यसरि क्षति गर्दै गइरहेका बेला वैज्ञानिकहरुले अहिलेसम्म यसको कुनै औषधी पत्ता लगाउन सकेका छैनन । वैज्ञानिकहरु रात दिन यसबारे खोज अनुसंन्धानमा जुटेको भएपनि कुनै प्रगती भएको छैन । विज्ञका अनुसार कोरोना भाइरसको औषधी वा भ्याक्सीन बन्न कम्तिका पनि एकबर्ष लाग्न सक्छ ।
‘कोरोनाको त्रास कहिले हट्ला, मानिसहरुको दैनिकी कहिले सहज होला, कल कारखाना, उद्योग ब्यापार कहिलेबाट सुचारु होलान,’ भन्ने प्रश्न आम नागरिकको मनमा खेलिरहेको छ ।
यसबारे एउटा आसा चाहि ब्यक्त गर्न सकिन्छ । चीनले जसरि कोरोनाबिरुद्धको लडाइ लड्यो त्यसबाट अन्य मुलुकले पनि सिक्न जरुरी देखिन्छ । कोरोना भाइरस उत्पत्ती भएको चीन नै अहिले यसबाट धेरै हदसम्म मुक्त भइसकेको छ । रोग देखिना साथ उस्ले अपनाएका सावधानी, संक्रमितको ब्यवस्थापन र उपचार नै चीनको सफलताका कडीहरु हुन ।
चीनले कोरोना फैलिन नदिन गरेका उपाय र सावधानी अन्य मुलुकले पनि आत्मसाथ गर्ने हो भने विश्वबाट कोरोनाको कहर हटाउन धेरै समय लाग्ने छैन ।
यदि यसबारे लापरवाही गरियो भने इटालीकै हालत हुनेछ । जहाँ सुरुका दिनमा नागरिकहरुले कोरोनाबारे खासै चिन्ता र सावधानी नपनाउदा अहिले विश्वमै सबैभन्दा बढि कोरोनाबाट मृत्यु हुने देश इटाली गनिएको छ ।
सावधानी नै अहिलेको प्रमुख औषधी
कोरोना भाइरसका कारण हजारौंको ज्यान गइसकेको सन्र्दभमा यसबाट कसरी मानव जगतलाई बचाउने भन्ने प्रश्न नै जटिल बन्दै भइरहेको छ । विज्ञका अनुसार कोरोनाबाट हाललाई बच्ने एउटै उपाय भनेको ‘सावधानी’ नै हो ।
सावधानी भित्र भौतिक दुरी (सेल्फ क्वारेन्टाइन) नै महत्वपुर्ण मानिएको छ । साथै भाइरसबाट बच्नका लागि पटक पटक सावुन पानीले हात धुने, सेनीटाइजर र मुखमा मास्क लगाउने अर्को महत्वपुर्ण सावधानी हो ।
अहिले विश्वले कोरोना भाइरसबाट बच्नका लागि ‘लक डाउन’को निति लिएका छ । अधिकांस देशहरुले कम्तिमा २१ दिनदेखि ३ महिनासम्म लकडाउनको घोषणागरी कोरोनाबिरुद्धको लडाई लडिरहेका छन् ।
कोरोनाबिरुद्ध लड्ने प्रमुख हतियार लकडाउन भएपछि यसको उलंघन गर्नेलाई कतिपय देशमा कडा कारवाही पनि हुँदै आएको छ । फिलिपिन्समा त सरकारले लकडाउनको उलंघन गर्नेलाई गोली हान्ने सम्मको अधिकार सुरक्षाकर्मीहरुलाई दिएको छ ।
लकडाउन नै एकमात्र विकल्प भएकाले विश्वले यसलाई अपनाइरहेको छ । नेपाल सरकारले पनि गत चैत्र ११ देखि २५ गतेसम्म पुर्ण लकडाउनगरी कोरोनाबिरुद्ध लडिरहेको छ । यसबिचमा आएका केहि जिविकोपार्जनसंग सम्बन्धित समस्यालाई भने सरकारले बिस्तारै हल गर्दै गइरहेको छ ।
लकडाउनका बेला घरबाहिर जान नपाएपछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सर्वसाधारणहरु समस्यामा परेकाले तिनिहरुका लागि सरकारले राहातको प्याकेज समेत घोषणा गरेको छ ।













