देउवाको अपिल : लकडाउनको पालना गर्दै, सामाजिक दुरी कायम राखौं

काठमाडौं । यति बेला विश्वभर कोरोना भाइरस ( कोभिड -१९) को त्रास बढीरहेको छ । कोरोनाबाट बच्नका लागि नेपालमा पनि लकडाउनको घोषणा गरिएको छ ।

यसै सन्दर्भमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम राख्न अपिल गरेका छन् । उनले कोरोनाबाट बच्नका लागि यो नै उत्तम उपाए भएकाले सरकारले घोषणा गरेको नियमको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

त्यसै गरी देउवाले भारतको सीमामा अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत अनुरोध गरेका छन् ।

देउवाले विदेशबाट आएका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । त्यस्तै उनले यो बेला काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार