वीरगञ्जमा बसेका तीन भारतीय नागरिकमा कोरोना पुष्टि

वीरगञ्ज । तीन जना भारतिय नागरिकमा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा बसेका तीन जना भारतिय नागरिकको कोरोना आशंकामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

केहिदिन अघि वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो तर, हेटौंडाले पून : परीक्षणका लागि उनीहरुको स्वाब राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

उनीहरुको रिर्पोज भोजेटिभ आएको हो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी वीरगञ्जबाट गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

हेटौंडामा उनीहरुको रिर्पोट पोजेटिभ आएपछि उक्त जानकारी अस्पतालले उनीहरु बसीरहेको छपकैया स्थित जामे मस्जिदलाई  गराएको थियो । जानकारीपछि उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार