रौतहटका १९ वर्षीय पुरुषमा कोरोना भेटियो, संक्रमितको संख्या १४ पुग्यो

रौतहट । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको सख्या १४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा रौतहटका १९ वर्षीय पुरुषमा कोरोना भेटिएको पुष्टि गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार रौटहटको क्वारेन्टाइनबाट संक्रमित पुरुषलाई अस्पतालको आइसोलोसनमा ल्याउने तयारी भइरहेको छ ।

यसअघि आजै कैलालीकी ६५ वर्षीय महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार