उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै : पैदल हिँडेर घर गइरहेका मजदूरको विषयमा छलफल हुने

काठमाडौं । उच्चस्तरीय ससन्वय समितिको बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउन, राहत व्यवस्था र पैदल हिँडेर घर गइरहेका मजदूरका विषयमा छलफल गरिने छ ।

साथै बैठकमा कोरोना नियन्त्रणका लागि भइरहेको प्रयास र लकडाउनपछिको अवस्थाका बारेमा पनि छलफल हुने बताइएको छ । काम गरिरहेको ठाउँबाट ठेकेदारले निकालिदिएपछि मजदूरहरू पैदलै हिँडेर ६ देखि ८ दिनको लामो यात्रामा निस्किएका छन्।

खान र बस्नको टुँगो नभएपछि उनीहरु बच्चा बोकेर घर हिँडेका खबरले सरकारको आलोचना भइरहेको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।

त्यस्तै काम रोकिएर काठमाडौंमा डेरार गरी बसेकाहरुलाई पनि लकडाउनले समस्या भएको छ । यसअघि सरकारले उनीहरुलाई घर फर्किनका लागि दुई दिन समय दिने भनिए पनि स्थानीय सरकारले आफ्ना क्षेत्रमा आउन नदिने भनेपछि सरकार पछि हटेको थियो ।

लकडाउनका कारण खान समस्या भएपछि मजदूरहरु हिडेर घर जान बाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार