काठमाडौं । लकडाउनको समयमा नागरिकहरु हिँडेर घर गइरहेको बारे यातायात व्यवसायी बोलेका छन् । लामो यात्रामा हिँडेर जाँदा यात्रुलाई झनै समस्या भएको भन्दै व्यवसायी बोलेका हुन् ।
सोमबार विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीले सरकारले आफुलाई पास दिए अलपत्र मजदूर र अन्य सर्वसाधरणलाई घरसम्म पु¥याइदिन आफुहरु तयार रहेको बताएका छन् ।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् ।
राजमार्गमा हजारौं मजदुर पैदल हिंडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पु¥याउन तयार रहेको जनाएको छ ।
विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको कुरा उल्लेख गरिएको छ ।
ठुलो संख्यमा मजदूर र सर्वसाधारण बाटोमा अलपत्र परेकोमा चिन्ता व्यक्त गर्दै सरकारले यो महासंघलाई सवारी पासको व्यवस्था गरिदियो भने आफुहरु सुरक्षित रुपमा यात्रुलाई घरसम्म पुर्याउन तयार रहेको जानकारी गराइएको छ ।
त्यस्तै महासंघले लकडाउनको समयमा सरकारलाई सहयोग गर्दै आएको भन्दै आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरिएकाे छ ।
विज्ञप्ति











