गुणस्तरहीन खाद्यवस्तु वितरण गर्ने मेयर पक्राउ

काठमाडौं । बाराको कलैया नगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा समस्यामा परेका विपन्न परिवारलाई  राहतको नाममा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनी विरुद्ध राहत वितणको नाममा चामल, दाल लगाएतका गुणस्तरहीन उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ । उनीलाई लागेको अभियोगको बारेमा सोधपुछ गर्ने प्रहरीले बताएको छ ।

यसअघि पनि विभिन्न ठाउँमा राहतको नाममा जनतालाई गुहिएको चाम वितरण गरेको कुराहरु बाहिर आइरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार