काठमाडौं । केही दिन यता मौसममा परिवर्तन भई निरन्तर मेघगर्जन भइरहेको छ । यो पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
अहिले बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाएको छ । हाशाखाका अनुसार आजपनि दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अझै दुई दिन मेघगर्जन सहित पानी पर्ने बताइएको छ ।











