आगलागीमा परी तीन बालकको मृत्यु


काठमाडौं । सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलका सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार स्थानीय सञ्च तामाङको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको हो । राति आगलागी भएकाले सुतिरहेका बालकको जलेर ज्यान गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार