सीमामा अलपत्र नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सीमा नाकामा अलपत्र नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले लकडाउनका कारण लामो समयदेखि भारतीय सीमामा अलपत्र र असुरक्षित अवस्थामा रहेका हजाराैं नागरिकको उद्धार गरी स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको हो ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको छ ।  करिब ६ हप्तादेखि सीमा नाकामा अलपत्र रहेका नागकिको संविधान प्रदत्त सम्मानपूर्वक बााच्न पाउने हकको हनन भइरहेकाे भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

आयोगले सीमा नाकामा अलपत्र नेपालीहरूको तत्काल उद्धार गरी डब्लूएचओको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्न र सबैको स्वास्थ्य परिक्षण गर्न पनि निर्देशन दिएको छ ।

आयोगले भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरु पनि असुरक्षित रहेको भन्दै सरकारले उनीहरुको सुरक्षा व्यवस्था गर्नु पर्ने निर्देशन दिएको छ ।

कोरोना महामारीका बेला घोषणा गरिएको लकडाउनका भारतमा रोजगारी गुमाएका नेपालीहरुलाई खान बस्न समस्या भएको कुरा पनि आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार