मालबाहक ट्रकले म्याजिकलाई ठक्कर दिँदा तीनको मृत्यु १२ घाइते

जनकपुरधाम । सिरहामा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन् ।

सोमबार भएको सवारी दुर्घटनामा तीन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लहान नगरपालिका ११ पडरियास्थित सडकखण्डमा मालबाहक ट्रकले म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घना भएको हो ।

घाइतेको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार