
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् ।
अस्पताल प्रशासनले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गरेको बताएको छ ।










