
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक फेरि ७ दिनका लागि स्थगित भएको हो ।
पार्टी भित्रको विवाद समाधानका लागि समय माग्दै पटक पटक स्थगित भएको बैठक आज बस्ने तय गरिएको थियो । पार्टी अध्यक्ष ओली र प्रचण्डबीच कुरा नमिल्दा आजको बैठक पनि एक साताका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टी अध्यक्षले विवादको समाधान गर्न नसकेपछि नेकपामा दोस्रो तहका नेताहरु पार्टीको विवाद मिलाउनमा अग्रसर भएका छन् ।









