चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन, रवि चुनाव लड्न पाउँलान ?


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने जनाएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय भएको आयोगले सूचनामार्फत जनाएको छ ।

चितवन-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रास्जपा सभापति रवि लामिछानेको संसद पद खारेज भएपछि उपचिर्वाचन हुन लागेको हो ।
रविको नागरिकता विवादका कारण उनले सांसदपद संगै उपप्रधानर गृहमन्त्री पद पनि गुमाएका थिए। रविले उपनिर्वाचनमा भाग लिन पाउँछन् की पाउँदैनन् भन्ने बिषयमा पनि आम चासो रहेको छ । रविको नागरिकताको बिवाद सुल्झिए पनि पासपोर्टको मुद्धा अदालतमा विचाराधिन अवस्थामा छ । जसबारे प्रहरीले अनुसंन्धान गरिरहेको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार