राप्रपा छाडेका सुनिल थापासहितको टोली कांग्रेस प्रवेश गर्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका पूर्वमन्त्री सुनीलबहादुर थापासहितको टोली नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । मंगलबार तीन बजे सानेपामा थापासहित ३० जनाको टोलीले पार्टी प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

पूर्वमन्त्री थापासहित ३० जनाको टोलीले केही दिन मात्रै राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । थापालाई कांग्रेसमा पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार