
काठमाडौं । पछिल्लो समय काठमाडौ उपत्यकामा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उपत्यका छिर्ने नाकामा कडाई गरेको छ । काठमाडौं बाहिरबाट आएका व्यक्तिहरुका कारण जोखिम बढ्ने भन्दै सरकारले नाकामा कडाई गरेको हो ।
बिहीबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ति निकाले रातको समयमा काठमाडौं प्रवेशमा पूर्ण रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाएको छ ।
नाकामै उपत्यका बाहिरबाट आएका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएपछि नाकामा अझै कडाई गरिएको छ ।
मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयको विज्ञप्ति













