२४ घण्टामा थप ७०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ हजार नाघ्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणबाट ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २ सय ६५ जना कोरोना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार