अदालत अगाडि उद्योगीमाथि खुकुरी प्रहार


मोरङ । उच्च अदालत विराटनगर अगाडि एकजनामाथि खुकुरी प्रहार भएको छ । आज दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार खुकुरी प्रहारबाट घाइते लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।

अदालततर्फ आइरहेका मोटरसाइकलमा सवार कार्कीले कानुन व्यवसायीको ल फर्मबाट अदालतको गेट अगाडि सडकमा निस्केका लामामाथि खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट लामाको हात, पेटलगायतका शरीरका विभिन्न भागमा चोट पुगेको प्रहरीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार