
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसंगको छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड फेरी बालुवाटार फर्केका छन् । शीतलनिवासमा राष्ट्रपतिसंग करिब १ घण्टाको छलफलपछि प्रचण्ड बालुवाटार फर्किएको उनको सचिवालयले जनएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघिय संसद अधिवेशन आज साँझ ५ बजेपछि अन्त्य हुने जानकारी संसद सचिवालयलाई दिएपछि प्रचण्ड शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री केपी ओली पनि बिहान शीतलनिवास पुगेका थिए ।
प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेर पार्टी विभाजनको अध्यादेश ल्याएर पार्टी फुटाउने संकेत गरेपछि प्रचण्ड शीतलनिवास पुगेको बताइन्छ । नेकपाका स्थायी समिति बैठक दिउँसो बालुवाटारमा स्थगित भएपछि नेताहरु समुहगत छलफलमा रहेकै बेला प्रचण्ड शीतलनीवास पुगेका थिए ।
प्रचण्ड बालुवाटार फर्किएसँगै नेकपा स्थायी कमिटी बैठकले निरन्तरता पाउने की स्थगित गर्ने भन्ने निर्णय हुनेछ । असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हट्न दवाव दिइरहेका छन् । तर, ओलीले यसलाई इन्कार गर्दै आएका छन् ।
यसबीचमा संसद अधिवेशन अनत्य गरेर उनले पार्टी फुटाउने विधेयक फेरी संसदमा लैजाने संकेत गरेको भन्दै प्रचण्ड नेपाल समुह सशंकित भएको छ ।













