
भारत । कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चनले सुटिङ सुरु गरेका छन् । उनले आफुले संचालन गर्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन सुरु गरेका हुन् ।
यसअघि उनले कोरोना संक्रमण भएपछि रियालिटी शोको छायांकन एक महिना पछि सारेका थिए । अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, अमिताभ सुरक्षित तरिकाले कार्यक्रम संचालन गरिरहेका छन् ।
सोनी टेलिभिजनको यो चर्चित रियालिटी शोमा ५ करोड रुपैयाँसम्मको पुरस्कार राखेर हाजिरीजवाफ खेलाइन्छ ।










