कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका १६ बिरामी, एकको मृत्यु


कैलीली । कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका एक जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । उनीहरु सबै जना जिल्लाको गोदावरी नगरपालिका १० खमौराका हुन् ।

मृत्यु हुनेमा सोही टोलका १८ वर्षीया सुरेश बोहरा रहेका छन् । श्राद्धमा प्रसाद खाएर बिरामी भएका उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हा] । बिरामी परेकाहरुको नवजिवत, माया मेट्रो र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यहि भदौं २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन्। बिरामीमा बेहोस भइरहने, बर्बराउने, झाडाबान्ता हुनेजस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ ।

अरु पनि धेरैले प्रसाद खाएकाले बिरामीको संख्या बढ्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार