सम्झनाका हत्यारालाई कडा कारबाहीको माग गर्दै जाजरकोटमा पनि अधिकारकर्मी आन्दोलित

  लोकेन्द्र विश्वकर्मा

जाजरकोट । बझाङ जिल्लाको मष्टा गाउँपालिका २ की १२ बर्षिय सम्झना कामीका हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै जाजरकोटमा पनि चर्को आवाज उठेको छ ।

असोज ७ गते साँझ बलात्कारपछि हत्या गरिएके अवस्थामा मन्दिरमा शव भेटिएकी सम्झनाको न्यायका लागि जाजरकोटका दलित अधिकारकर्मीहरुले जिल्लाका सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बझाएका छन् ।

सोमबार जाजरकोटका सिडिओमार्फत मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई सम्झनाका हत्यारालाई हदैसम्मको कारवाहीका माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

पछिल्लो समय देशैभरीका दलित समुदायमाथि भइरहेका जघन्य अपराधका घटनाहरु बढिरहेकाले सरकारले यसमा गम्भिर भएर पीडितलाई न्याय र दोषीलाई हदैसम्मको कारवाही गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

दलित अधिकारर्कीहरुद्धारा दिइएको ज्ञापन पत्र बुझ्दै जाजरकोटका सिडिओ चेतराज बरालले बझाङमा सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाले अत्यन्त दुखी बनाएको भन्दै दोषीमाथी कारवाही हुनुपर्ने बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल राष्ट्रिय दलित समाज कल्यान संघ जाजरकोट संयोजक धनमल बिक , नेपाल युवा परिषद जाजरकोट अध्यक्ष प्रबिन बिक, दलित दलित एकता संजाल विशाल चनारा , नेपाल दलित संघ जाजरकोट उपाध्यक्ष, हजारी नेपाली , दलित अधिकाकर्मी, प्रकाश चनारा , नलगाड नगरपालिका कार्यपालिका सदस्य अस्मिता विक , अभियन्ता सुरेश बिश्वकर्मा, सुरेश नेपाली, पत्रकार कालीबहादुर नेपाली, प्रेम विश्वकर्मा लगायत अधिकारकर्मी सहभागी थिए ।

ज्ञापन पत्र

यो पनि पढ्नुहोस

सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार