
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको दुई समकक्षीबीच भएको भेटवार्तामा दुई देशका विभिन्न आयामका बिषयमा छलफल भएको छ । उक्त भेटवार्तामा दुई देशका सम्बन्धमा विभिन्न विषयमा ९ बुंदे सम्झौता पनि भएको परराष्ट्र मन्त्रालयले जनाएके छ ।
अन्त्रालयका अनुसार भएका सम्झौताहरूमा आर्थिक तथा प्राविधिक सहयोग लगायत विभिन्न विषयहरु समावेश छन् ।
नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर भएको हो ।
३ दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत राष्टपति, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि भेटवार्ता गर्ने भ्रमण तालिका छ । चिनिया विदेशमन्त्रि यी भोली स्वदेश फर्कने कार्यक्रम छ ।












